Rule 6
अभिलेख राख्नु पर्ने
(१) उपभोक्ता संस्थाले आफूले उपलब्ध गराएको सेवा उपभोग गरे वापत उपभोक्ताले तिर्नु बुझाउनु पर्ने सेवा शुल्क लगायत मर्मत संभारमा भएको खर्च समेत देखिने गरी आफ्नो कोषको मौज्दात समेतको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।
(२) उपभोक्ता संस्थाले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र उपभोक्ता संस्थाको आर्थिक विवरण र सो आर्थिक वर्षमा उपभोक्तालाई उपलब्ध गराएको सेवाको पूर्ण विवरण सहितको प्रतिवेदन सम्बन्धित सिंचाइ कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।